जब बुद्धहरू घुम्न निस्कन्छन्...
श्रावण महिना अर्थात् गुँला महिनामा पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्कन्छन्। यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्वीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ ।
आजको दिन पाटनमा मनाउने बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौँ लगायत भक्तपुर, ठिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साएको छ।
बौधमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ । यसरी आजको दिन दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ। यस पर्वमा बौद्ध मार्गी नेवारहरूले पञ्चदानको महिमा मनन गर्दै दिपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्। सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ “ पुण्य दान” हुने गर्छ । नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलन समेत रहेको छ। यही महिनामा सम्पूर्ण नेपाली हरू माझ असारको धान रोपाई सकिए पछि साउन १५ को दिन खीर खाने चलन रहेको छ। यसरी घरमा पाकेको खीर दानको रूपमा बाहेक घर परिवार, नाता गोता, इस्ट मित्र सबैलाई खुवाउने चलन पनि रहेको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण