अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन
बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन् । समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन् ।
‘सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन् । त्यहीकारण उनीहरु आफ्नो जिन्दगी एकसाथ बिताउन चाहन्छन् । त्यसकारण चाँडै नै विवाह गर्ने तयारीमा छन् । सुजैनले पनि दोस्रो विवाहका लागि गम्भीरतापूर्वक विचार गरिरहेकी छन् । उनीहरुले साधारण तरिकाले विवाह गर्ने योजना बनाएका छन् ।
ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए । यो जोडी बलिउडमा रुचाइएको जोडीमा पर्दथे । तर दुवैको सम्बन्ध लामो समय चल्न पाएन । उनीहरुले सन् २०१३ मा डिभोर्स गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
-
गृहको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौँ ७६ औँ स्थानमा
-
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण