आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना
आइतबार, २२ साउन २०७९, ०६ : २२
हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । आज बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेको देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा तराईका जिल्लामा बाढी आउन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण