सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा समानुपातिकतर्फ काँग्रेस पहिलो: यस्तो छ जिल्लाको चुनावी नालीबेली

बिहीबार, २८ मङ्सिर २०७४, ०७ : २६
बिहीबार, २८ मङ्सिर २०७४

कपिलवस्तु - प्रत्यक्षतर्फ १ प्रतिनिधि १ प्रदेशसभा मात्र जितेको कांग्रेस प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ ।

प्रतिनिधिसभा २ सिट र प्रदेशसभामा ४ सिट गरि ६ सिट जितेको एमाले कपिलवस्तु समानुपातिक तर्फ भने काँग्रेस भन्दा पछि परेको हो । समानुपातिक तर्फको मतगणना बुधबार सकिएको छ ।

प्रदेशसभामा एमालेको बढी मत
प्रतिनिधि सभा तर्फ २ लाख ३० हजार ९२ मत गणना गरिएको मा २९ हजार ८ सय ९५ मत बदर भएको छ । ३ वटा निर्वाचन क्षेत्र मध्ये प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मात्र एमालेले कांग्रेस भन्दा बढि मत प्राप्त गरेको छ । प्रदेशसभा तर्फ भने एमालेले बढि मत प्राप्त गरेको छ ।

कांग्रेस पहिलो पार्टी 
कांग्रेस ६१ हजार २ सय ९२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी नेकपा एमालेले ६० हजार ९ सय ९४ मत ल्याएर दोस्रो पार्टी बनेको छ ।

भने २१ हजार ९ सय ६७ मत ल्याएर राजपा तेस्रो पार्टी , १८ हजार ६ सय ६७ मत ल्याएर संघिय समाजवादी फोरम चौथो बनेको छ भने १० हजार ८ सय ३३ मत प्राप्त गर्दै माओवादी केन्द्र पाँचौ नम्बरमा पुगेको छ ।

कपिलवस्तु प्रतिनिधि सभा १ मा कांग्रेसले २२ हजार ८ सय ८५, नेकपा एमालेले २३ हजार ५ सय ९८ ,माओवादी केन्द्रले ५ हजार ४ सय ८० र राजपाले ४ हजार ६ सय ३२ मत प्राप्त गरेको छ ।

त्यसैगरी कपिलवस्तु प्रतिनिधिसभा २ मा कांग्रेसले २६ हजार ५०, एमालेले २५ हजार ९१, माओवादी केन्द्रले २ हजार ३ सय १८ र राजपाले ५ हजार ८ सय ७५ मत प्राप्त गरेको छ ।

त्यस्तै प्रतिनिधि सभा ३ मा कांग्रेसले १२ हजार ३ सय ५७ ,एमालेले १२ हजार ३ सय ५, माओवादी केन्द्रले ३ हजार ३५ र राजपाले ११  हजार ३ सय ६० मत प्राप्त गरेको छ ।

प्रदेश सभा
यस्तै प्रदेश सभामा भने नेकपा एमालेले ५७ हजार ६ सय २० मत ल्याएर पहिलो भएको छ भने कांग्रेस एमाले पछिको ५२ हजार ८ सय ४९ मत ल्याएर दोस्रो, राजपाले १९ हजार ४ सय ९८ मत का साथ तेस्रो र संघिय समाजवादी फोरमले १७ हजार १ सय ९९ मत ल्याएर चौथो र माओवादी केन्द्र भने १० हजार १ सय ७८ मत प्राप्त गर्दैै पाँचौ भएको छ ।

क्षेत्र १ मा १ लाख १६ हजार ९ सय ३७, क्षेत्र २ मा १ लाख २ हजार ४ सय २० र क्षेत्र ३ मा ९२ हजार ४ सय ३ गरी कुल ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेको यस जिल्लामा क्षेत्र १ मा  ८४ हजार ९ सय ६०, क्षेत्र २ मा ७६ हजार ९६ र क्षेत्र ३ मा ६९ हजार ३६ मत खसेको थियो ।

७३.८० प्रतिशत मत
जिल्लामा कुल ७३.८० प्रतिशत मत खसेको थियो । त्यसमध्ये जम्मा ८७.०७ प्रतिशत मात्र मत सदर भएको छ भने १२.९३ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ प्रदेशमा चारवटा सिट बामगठबन्धनले जितेको थियो भने कांग्रेस र संघिय समाजवादी फोरमले एक÷एक सिट जितेका थिए त्यस्तै प्रतिनिधिसभा तर्फ कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट चक्रपाणि खनाल (बलदेव), क्षेत्र २ बाट एमालेका वृजेस कुमार गुप्ता र कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता अभिसेक प्रताब शाह विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप