अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
सारांश
- एप्पलले मेमोरी चिप्सको लागत बढेका कारण आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ ।
- एप्पलका निवर्तमान प्रमुख कार्यकारी टिम कुकले मेमोरी चिप्सको अस्थिर र अनिश्चित अवस्थाका कारण मूल्य वृद्धि अपरिहार्य भएको बताएका छन् ।
- कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र वृद्धि र सीमित आपूर्तिले मेमोरी चिप्सको मूल्य बढाएको छ, जसले गर्दा उपभोक्ता उत्पादनहरूको मूल्य बढ्ने सम्भावना छ ।
वासिङ्टन डीसी । एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ, किनभने उसले प्रयोग गर्ने मेमोरी चिपहरूको लागत तीव्र रूपमा बढेको छ, कम्पनीका प्रमुखले बताएका छन् ।
एप्पलका निवर्तमान प्रमुख कार्यकारी टिम कुकले द वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा मूल्य वृद्धि ‘अपरिहार्य’ भएको बताएका छन्, किनभने मेमोरी चिपसम्बन्धी अवस्था अस्थिर र अनिश्चित बनेको छ ।
उनले मूल्य कहिले बढ्ने वा कुन उत्पादनमा प्रभाव पर्ने हो भन्ने स्पष्ट गरेनन् । सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको आईफोन १८ मा पनि मूल्य बढ्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन ।
मेमोरी चिपहरू मोबाइल फोनजस्ता स्मार्ट उपकरणहरूको अत्यावश्यक भाग हुन्, तर कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र वृद्धिले पछिल्ला महिनाहरूमा यिनको मूल्य बढाइदिएको छ ।
कुक भन्छन्, ‘हामी लागत बढ्नबाट ग्राहकलाई जोगाउने प्रयास गरिरहेका छौँ, तर अवस्था असहनीय बनेको छ ।’
‘एकातिर माग बढिरहेको छ, अर्कोतिर आपूर्ति सीमित छ, र चिप उत्पादकहरूले ठुलो मूल्य वृद्धि गर्दैछन्,’ उनले भने ।
कुकले थपे कि सेप्टेम्बरमा १५ वर्षको कार्यकालपछि उनको स्थानमा जोन टर्नस एप्पलका सीईओ बन्नेछन् ।
‘उपभोक्ता उत्पादनका लागि मेमोरीको मूल्य र आपूर्ति फेरि सामान्य स्तरमा आउनु आवश्यक छ । यही नै मुख्य कुरा हो,’ उनले भने ।
यो टिप्पणी अन्य प्रविधि कम्पनीहरूले पनि चिप उद्योगमा देखिएको संकटबारे चेतावनी दिइरहेका बेला आएको हो ।
यसै महिना बीबीसीसँगको अन्तर्वार्तामा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टियसएमसि)ले लागत बढेमा मूल्य बढ्ने सम्भावना रहेको बताएको थियो ।
(टियसएमसि)ले एप्पल, एनभिडिया र एएमडी जस्ता कम्पनीहरूका लागि सबैभन्दा उन्नत चिपहरू उत्पादन गर्छ ।
यस वर्षको सुरुमा सामसुङले मेमोरी चिपको आपूर्ति अभावका कारण इलेक्ट्रोनिक उपकरणहरूको मूल्य बढ्ने अपेक्षा गरेको थियो ।
सामान्यतया सबैभन्दा सस्तो कम्प्युटर कम्पोनेन्ट मानिने ‘राम’को मूल्य अक्टोबर २०२५ पछि दोब्बरभन्दा बढी भएको छ ।
एआईको बढ्दो मागसँगै इरान युद्धले पनि सेमिकन्डक्टर उत्पादनमा प्रयोग हुने महत्त्वपूर्ण ग्यास हिलियमको विश्वव्यापी आपूर्तिमा असर पारेको छ, जसले चिप लागत थप बढाएको छ ।
गत सेप्टेम्बरमा सार्वजनिक भएको आईफोन १७ पछि एप्पलका उत्पादनहरू निकै लोकप्रिय बनेका छन् । २०२६ को पहिलो तीन महिनामा एप्पलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ । यसको पछाडी चीनमा बढिरहेको एप्पलको मागको पनि हात छ ।
यस वर्षको सुरुमा कम्पनीले आफ्नो म्याक मिनी कम्प्याक्ट कम्प्युटरको मूल्य करिब २०० अमेरिकी डलर (१५० पाउन्ड) ले बढाएको थियो । बिबिसिबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण