उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही
मङ्गलबार, २४ साउन २०७९, १० : ३८
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४४९ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७३ जना, जथाभावी हर्न बजाउने १०३ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना र तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना रहेका छन् ।
यस्तै, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना, सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेड र मार्स बिना बंगलादेश भ्रमणमा जाँदै अस्ट्रेलियाली टोली
-
तथ्यांकमा विश्वकप २०२६
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण