डीएसपीलाई सम्पर्क व्यक्ति तोकेर आत्महत्या न्यूनिकरण गर्ने काठमाडौं प्रहरीको अभियान
काठमाडौं प्रहरीले आत्महत्याका घटना न्यूनिकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकेर ‘न्युनिकरण अभियान’ शुरु गरेको छ । प्रहरी नायव उपरिक्षक (डीएसपी)लाई सम्पर्क व्यक्ति तोकेर तत्काल उद्दार र चिकित्सकको सहयोगमा परामर्श दिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

उपत्यकामा आत्महत्याका घटना दैनिक बढेपछि न्यूनिकरण गर्न डीएसपी इन्चार्ज हुने प्रहरी वृत्तका इन्स्पेक्टरहरुलाई र प्रहरी प्रभागका इन्चार्जलाई पनि फोकल पर्सन तोकिएको छ । फोकल पर्सन मार्फत त्यस्ता घटनाको सुचना लिएर तत्काल उद्दारका लागि परिचालन गरिने एसपी मैनालीले जानकारी दिए ।

आत्महत्या गर्न खोज्नेहरूलाई उद्धारपछि चिकित्सकको सहयोगमा प्रहरीले काउन्सिलिङ गर्ने भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काउन्सिलिङको लागि नेपाल प्रहरी अस्पतालका चिकित्सक परिचालित हुनेछन् । फोकल पर्सनहरुलाई प्रहरी अस्पतालका विशेषज्ञ डाक्टरहरुले प्रशिक्षण प्रदान गर्ने एसपी मैनालीले बताए ।
आत्महत्याबाट प्रभावित क्षेत्रहरुमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने काठमाडौं प्रहरीको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण