आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मध्यरातमा बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार

बुधबार, २५ साउन २०७९, ०७ : ५२
बुधबार, २५ साउन २०७९

गएराती काठमाडौंमा परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परे । राती नै बागमती किनारामा रहेको टहराबाट नेपाल प्रहरीले ३ जनाको उद्धार गरिएको छ । बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो । 

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । 

जसको प्रभावले आज विहान पनि पुण्यमती, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप