नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुल्यो
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गरेको थियो ।
ताला खुलाउने सम्बन्धमा यसअघि विश्वविद्यालय प्रशासन र नेविसङ्घबीच पटकपटक छलफल भए पनि आफूहरुको माग पूरा नभएको भनी विद्यार्थीले ताल्चा खोल्न मानेका थिएनन् तर उच्च अदालत तुलसीपुरले तालाबन्दी गर्नु अनुचित भएको ठहर गर्दै तालाबन्दी खोल्नका लागि गत साउन २२ गते अन्तरिम आदेश दिएपछि नेविसङ्घले ताला खोलेको हो ।
विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी गरेर कामकाज ठप्प गरेको भन्दै तालाबन्दीका विरुद्धमा अधिवक्ता कुलबहादुर डाँगीले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेका थिए । उनको मुद्दाको यही साउन २२ गते सुनुवाइ गर्दै उच्च अदालतकी मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश बबिता उप्रेतीको संयुक्त इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको थियो ।
सोही आदेशको पालना गर्दै नेविसङ्घले शिक्षा अध्यक्षको कार्यकक्ष, उपकुलपतिको कार्यकक्ष, कुल सचिवको कार्यालय र आर्थिक प्रशासनमा लगाएको ताला खोलेको जनाएको छ । ताला खोल्दै नेविसङ्घका केन्द्रीय प्रतिनिधि अभयप्रताप चौवेले अदालतको आदेशको पालना गर्दै ताला खोलिएको बताए ।
उनले आफूहरुको आन्दोलन नरोकिने तर स्वरूप भने परिर्वतन हुने बताए । नेविसङ्घ संस्कृत विश्वविद्यालय सङ्घर्ष समितिले विश्वविद्यालयमा भएको अनियमितता छानविन गर्नुपर्ने, छात्रावासको सटरबाट प्राप्त भाडाको ३० प्रतिशत रकम छात्रावासको विकासका लागि खर्च गर्नुपर्ने, १० वर्षदेखि रोकिएको दीक्षान्त तीन महिनाभित्र हुनुपर्ने, विद्यार्थी मैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्नेलगायतका १४ बुँदे माग राखेर तालाबन्दी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
-
गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण