पूर्व राज्यमन्त्री विमलाको गुनासो– एकराजले पैसा फिर्ता गरेन, पार्टीले पनि हेरेन
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले दाङका वाइसिएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम अझै फिर्ता नपाएको गुनासो गरेकी छन् । सोही रकम उठाउन बस्नेतको घरमा जाँदा आफूमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाइएको उनको भनाइ छ ।
उनले सोही घटनापछि आफूले राज्यमन्त्रीबाट राजीनामा दिनुका साथै छानबिन समितिले प्रतिवेदन बुझाएको यतिका समय बितिसक्दासमेत रकम फिर्ता पाउन नसकेको बताइन् । पार्टीका नेताहरूलाई पनि पटकपटक फोन गरेर यस विषयमा जानकारी गराउँदा पार्टीले समेत बेवास्ता गरेको उनको आरोप छ । उनले रातोपाटीसँग भनिन्, ‘म राज्यमन्त्री भएको बेलामा बस्नेतले लगेको ६ लाख ५० हजार रुपैयाँ मैले फिर्ता पाउनु पर्ने प्रदेश सरकारले गठन गरेको छानबिन समितिको पनि निष्कर्ष छ तर त्यो रकम उठाउन कसैले सहयोग गरेका छैनन् ।’
उनले आफू अहिले आर्थिक समस्यामा रहेको पनि बताइन् । ‘मैले पाउनुपर्ने रकम दिलाइदिनुस् भनेर पार्टीका नेताहरूलाई पटकपटक सम्पर्क गरेर भनेकी छु तर नेताहरूले बेवास्ता गरे,’ उनले भनिन् । जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वली दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद सतहमा आएको थियो ।
छानबिन समितिले प्रतिवेदन नबुझाउँदै राज्यमन्त्री पदबाट राजीनामा दिएकी वली हाल राजनीतिमा पनि त्यति सक्रिय देखिन्नन् । पार्टीले नै आफूलाई बेवास्ता गरेको भन्दै उनले कसैले सम्पर्क नगरेका कारण घरमै बसिरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण