बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्युठानमा जीप दुर्घटना हुँदा नौ जना घाइते

आइतबार, २९ साउन २०७९, १९ : ३३
आइतबार, २९ साउन २०७९

प्युठानमा जीप दुर्घटनामा हुँदा नौ जना घाइते भएका छन् । आइतबार साँझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप