नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा
सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राहमणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन्। महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आपल्ले आँटेको काम पूरा हुने विश्वासका साथ गृहदशा कटाउन नेपाली ब्राहमणबाट पाठ गराएको बताएको छ।
फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री डा. दीपक प्रकाश बाँस्कोटाले विदेशी नागरिकको सनातन धर्मप्रति आस्था बढ्दै गएका कारण संस्थाले नेपाली गुरुबाट ग्रहशान्ति, हवन, यज्ञलगायतका पाठ गर्ने गरेको जानकारी दिए । उनले भने, शुरुमा सिपल र भापाबाट ग्रहशान्तिको पाठ गरिन्थ्यो भने एक वर्षअघिबाट फाउन्डेसनको भवनबाट पाठ गर्न थालेका छौं।
फाउन्डेसनले दक्षिणकाली नगरपालिका(१ चम्पादेवीमा गरूहरूको ध्यान केन्द्र सञ्चालन गरेको छ। सो केन्द्रमा योगदेखि संस्कृत भाषाको विकासका लागि कक्षा शुरू गरिएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री डा. वाग्लेको भनाइमा एमाले सांसद बरालको नियमापत्ति
-
विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
मुलुकी अपराध संहिता (संशोधन विधेयक) को मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
-
निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब
-
अर्थमन्त्रीको दाबी– मविरूद्ध समेत सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको थियो
-
‘युवामा राज्यले लगानी नगरे भोलिको राष्ट्रको आधार कमजोर हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण