संसद् बैठक
अर्थमन्त्रीको दाबी– मविरूद्ध समेत सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको थियो
बिहीबार, १८ असार २०८३, १४ : ४०
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्ववर्ती सरकारले आफूविरुद्ध समेत सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन खोजेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि उठेका प्रश्नको बिहीबार जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
सम्पत्ति शुद्धीकरणको विषयमा सात वटै प्रदेशमा कार्यालय हुनुपर्ने विषयमा बोल्दै उनले ‘कसैले धेरै सम्पत्ति कमायो भन्दैमा सम्पत्ति शुद्धीकरणको मुद्दा नचल्ने’ बताए । यो दोस्रो चरणमा हुने कसुर भएको भन्दै पहिलो चरणमा सम्बद्ध कसुर प्रमाणित हुनुपर्ने बताए ।
‘कुनै मान्छे मन परेन, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइदे । हाम्रै पार्टी सभापतिविरुद्ध पनि त्यो हतियार चलाइएको हो । म विरुद्ध पनि यो हतियार चलाउन खोजिएको कर्मचारीहरुले भन्छन्,’ वाग्लेले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण