बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

‘युवामा राज्यले लगानी नगरे भोलिको राष्ट्रको आधार कमजोर हुन्छ’

बिहीबार, १८ असार २०८३, १४ : ३९
बिहीबार, १८ असार २०८३

काठमाडौँ । राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले कुनै पनि राष्ट्रको ठुलो सम्पत्ति युवा वर्ग भएको भन्दै युवा वर्गमा राज्यले लगानी नगर्दा राष्ट्र नै कमजोर हुने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । 

‘कुनै पनि राष्ट्रको सबैभन्दा ठुलो शक्ति भनेको युवा शक्ति हो । युवा राष्ट्रको ऊर्जा हो, साहस हो, परिवर्तन हो र संवाहक पनि हो’, सांसद श्रेष्ठले भने, ‘आजका युवामा राज्यले लगानी गर्न सकेन भने भोलिको राष्ट्रको आधार कमजोर हुन्छ ।’

उनले सोही कारण विश्वका धेरै देशले युवालाई पुँजीका रूपमा लिने गरेकाले विकासको फड्को मारिरहेका बेला नेपालका युवाहरू भने बेरोजगारी समस्या भोग्न बाध्य भएको तथा विदेशी भूमिमा गएर ‘थ्रीडी’ भोग्न बाध्य भएको बताए । 

‘गाउँका खेतबारी बाँझो छन्, उद्योगमा दक्ष जनशक्तिको अभाव छ । देशको अर्थतन्त्रको आधार रेमिट्यान्स बनेको छ’, उनले युवाहरूलाई सधैँ विदेश पठाइरहने हो कि नेपालमै सम्मानजनक रोजगारी सिर्जना गर्ने भनेर प्रश्न समेत गरे । 

साथै उनले सरकारले शिक्षालाई सरकारले प्राथमिकतामा राखे पनि सोही अनुसार बजेट व्यवस्था नगरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप