कंगोका प्रशिक्षकलाई पितृशोक, खेल अवधिभर सुनाइएन मृत्युको खबर
किन्सासा । २०२६ फिफा विश्वकपबाट डिआर कंगो बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक सेबास्टियन देसाब्रेले व्यक्तिगत रूपमा पनि ठूलो पीडा बेहोर्नुपरेको छ। प्रतियोगिताबाट बाहिरिएपछि आयोजित पत्रकार सम्मेलनका क्रममा मात्र उनले आफ्ना बुबाको निधन भएको जानकारी पाए।
डिआर कंगो राउन्ड अफ १६ मा इङ्ग्ल्यान्डसँग २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। खेलको सुरुआतमै अग्रता लिए पनि अन्तिम समयमा गोल खाँदा कंगोको विश्वकप यात्रा समाप्त भएको हो।
खेलपछि आयोजित पत्रकार सम्मेलनको अन्त्यतिर टोलीका एक प्रेस अधिकारीले देसाब्रेका बुबाको निधन भएको जानकारी सार्वजनिक गरेका थिए। उनले भने, “हामी यो जानकारी दिन चाहन्छौं कि प्रशिक्षकले आफ्ना बुबालाई गुमाउनुभएको छ। उहाँप्रति हाम्रो हार्दिक समवेदना।”
त्यसपछि देसाब्रेले छोटकरीमा “धन्यवाद” मात्र भने, आफ्नो कुर्सीबाट उठे र पत्रकार सम्मेलन अन्त्य गरे। उनी भावुक मुद्रामा पत्रकार सम्मेलनबाट बाहिरिएका थिए।
घटनापछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरैले यदि देसाब्रेले आफ्ना बुबाको निधनबारे पहिलो पटक पत्रकार सम्मेलनमै थाहा पाएका हुन् भने त्यो अत्यन्त पीडादायी अवस्था भएको बताएका छन्। कतिपयले टोली व्यवस्थापनको निर्णयमाथि पनि प्रश्न उठाउँदै त्यसलाई गैरव्यावसायिक भएको टिप्पणी गरेका छन्।
जानकारीअनुसार देसाब्रेका बुबाको निधन खेल सुरु हुनुअघि नै भएको थियो। तर प्रशिक्षकको ध्यान खेलमा केन्द्रित रहोस् भन्ने उद्देश्यले टोली व्यवस्थापनले खेल समाप्त नभएसम्म उक्त खबर उनलाई नदिएको बताइएको छ।
पत्रकार सम्मेलनमा प्रेस अधिकारीको घोषणा सुनेपछि ४९ वर्षीय फ्रान्सेली प्रशिक्षक देसाब्रे अचम्मित हुँदै उनीतर्फ हेरेका थिए। उनको प्रतिक्रिया हेर्दा बुबाको निधनबारे उनले त्यही बेला पहिलो पटक जानकारी पाएको हुन सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
-
कांग्रेस नेता निधि निवासमा तीन नेताबिच छलफल
-
बैंकिङ क्षेत्र चम्किँदा बढेर बन्द भयो सेयर बजार, ४ अर्ब माथिको कारोबार
-
शून्यबाट वैज्ञानिकहरूले बनाए कृत्रिम जीवित कोष
-
कर्णाली प्रदेश सभा बैठकमा हङ्गामा
-
रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण