प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
मङ्गलबार, ३१ साउन २०७९, ०६ : ३०
सरकारले प्राइभेट फर्महरूलाई पनि कम्पनीसरह नवीकरणमा छुट सुविधा उपलब्ध गराउने भएको छ। सरकारको निर्णयअनुसार अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका फर्महरूले यसअघि नवीकरण गर्न छुटेको भए पुस मसान्तभित्र कारोबार विवरण, लेखापरीक्षण प्रतिवेदनसहित पाँच प्रतिशतमात्र जरिवाना बुझाएर नवीकरण गर्न सक्नेछन् ।
सरकारले बजेट वक्तव्यमा आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूलाई जरिवानाको पाँच प्रतिशतमात्र बुझाएर नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका संस्थाले यो सुविधा प्राप्त गर्ने भनिए पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका फर्मका सम्बन्धमा भने अन्योल थियो । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री डा. वाग्लेको भनाइमा एमाले सांसद बरालको नियमापत्ति
-
विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
मुलुकी अपराध संहिता (संशोधन विधेयक) को मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
-
निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब
-
अर्थमन्त्रीको दाबी– मविरूद्ध समेत सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको थियो
-
‘युवामा राज्यले लगानी नगरे भोलिको राष्ट्रको आधार कमजोर हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण