पश्चिम सुर्खेतको घाटगाउँ–कुल्लीमारी सडक कालोपत्रे हुँदै
पश्चिम सुर्खेतको घाटगाउँ–कुल्लमारी सडक कालोपत्रे हुने भएको छ । ट्र्याक खोलिएको झण्डै तीन वर्षपछि नै सडक कालोपत्रेको काम अघि बढेको हो । मंगलबार प्रदेश सरकारका अर्थ मन्त्री विन्दमान विष्टले सडक कालोपत्रेको शिलान्यास गरेका छन् ।
लामो समयदेखि टेण्डर भए पनि ०७५/०७६ मै सडकको ट्याक खोलिएको थियो । झण्डै १४ किलोमिटर उक्त सडक चौकुने गाउँपालिका–१० को घाटगाउँ स्थित भेरी नदीको पुलबाट सुरु भएर गुटु बजार, साल्मा कोरालबास हुँदै कुल्लीमारी सुदूरपश्चिमका अछामको कोल्लीमरा र कैलालीलाई जोड्ने छ । संघ र प्रदेश सरकारको संयुक्त लगानीमा कालोपत्रे गर्न लागिएको उक्त सडकको कुल लागत ६३ करोड ५ लाख १४ हजार ५१३.४० रुपैयाँ रहेको छ।
यद्यपि श्रेष्ठ कन्स्ट्रक्सन प्रालि काठमाडौंले ३९ प्रतिशत घटेर ३८ करोड ५६ लाख ३९ हजार ५३५.७० रुपैयाँमा ०८१ असार २४ गते सम्पन्न गरिसक्ने गरी जिम्मा लिएको छ । सडक कालोपत्रेको जिम्मा उक्त कम्पनीले गत असार ८ गतेदेखि पाएको हो । सडकमा अहिलेसम्म ३ करोड ४२ लाख बराबरको बजेट खर्च भइसकेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले बताए । उनका अनुसार सडकको चौडाइ १० मिटर र कालोपत्रे सडकको चौडाइ ७ मिटर रहेको छ । सडकमा गाडी ओहोरदोहोर गर्न पाउने गरी स्तरोन्नति र कालोपत्रे हुने भएपछि स्थानीयवासी खुसी छन् ।
प्रदेश सरकारका अर्थमन्त्री विष्टले सकेसम्म यही आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भने,‘ठेकेदार कम्पनीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्दा एकातिर रकम खेर गइरहेको छ, भने अर्कोतिर नागरिकले विकास र परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । ठेकेदार कम्पनीले काम गर्दैनन्, तर दोष सरकार र सम्बन्धित क्षेत्रका नेतालाई लाग्ने गर्दछ ।’ मन्त्री विष्टले चौकुनेबासीको लागि सुखको सडक भएको बताए । ‘यदि यो सडक निर्माण सम्पन्न भयो भने यहाँको आर्थिक र व्यापारिक क्षेत्र पनि फराकिलो हुने छ,’उनले भने,‘ गुटुभन्दा अघि वेतन कर्णाली हाइड्रो पावरले काम गर्ने छ ।’
साथै उनले पश्चिम क्षेत्रका सबै सडकहरूको स्तरोन्नति र कालोपत्रेको लागि टेण्डर आह्वान भइसकेकाले आगामी पाँच वर्षभित्र सडक पूर्वाधारका विकास सम्पन्न भइसक्ने बताए । पश्चिम क्षेत्रकै सबैभन्दा विकट मानिने तरङ्गामा सडकको विकासका लागि हुड्के–तरङ्गा सडक खण्डमा १ अर्ब बजेट विनियोजन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण