काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ सवारी चालकमाथि कारवाही
बुधबार, ०१ भदौ २०७९, १० : ५८
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् ।
यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेड र मार्स बिना बंगलादेश भ्रमणमा जाँदै अस्ट्रेलियाली टोली
-
तथ्यांकमा विश्वकप २०२६
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण