‘प्रेम उता, घरजम यता हुन्न’
बुधबार, ०१ भदौ २०७९, ११ : ५९
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट नै उम्मेदवार बन्ने बताएका छन् । आफू मेची र निन्दा किनारकै मान्छे भएको बताउँदै उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामा नै उम्मेदवार बन्ने स्पष्ट पारेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फेरि प्रस्ट्याऊँ - वाग्मतीको किनारलाई श्रद्धा पूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्ने छैन । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’
गत संसदीय निर्वाचनमा शर्मा झापा क्षेत्र नम्बर १ बाट काँग्रेसका उम्मेदवार रहेका थिए । उनी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण