नयाँ सहर विकास योजना मन्त्रिपरिषद्मा
काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ। उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो।
जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाले बनाएको छ । तर, जग्गा एकीकरण गर्दा जग्गाधनीको करिव ४५ प्रतिशत जग्गा जाने भएकाले स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका छन्।
प्रस्ताव गरेको तीन वर्षसम्म पनि आयोजनाले मूर्त रूप नलिएपछि खाली जग्गा भरिने, जणा खण्डीकरण भई अव्यवस्थित सहर निर्माण हुने भन्दै छिटो काम हुनुपर्ने माग स्थानीयवासीले राख्दै आएका छन्।
यसैबीच, सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा ७० प्रतिशत बजेट खर्च गरेको जनाएको छ। मन्त्रालयका लागि सुरुमा चालूतर्फ १ अर्ब ९४ करोड र पुंजीगततर्फ २८ अर्व ९० करोड विनियोजन भएको थियो ।
पछि संशोधित बजेटमा भने ३० अर्ब ८१ करोड विनियोजन भएको थियो। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
-
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
-
ट्रम्पविरूद्ध युरोप एकजुट
-
तस्बिरमा हेर्नुहाेस् ‘समवेत’ कला प्रदर्शनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण