नेता गिरिको अन्तिम बिदाइ (तस्बिरमा हेर्नुस्)
नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ भएको छ । क्यान्सर रोगबाट पीडित ७५ वर्षीय गिरिको उपचारकै क्रममा शनिबार बेलुका निधन भएको थियो । गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए । पशुपतिस्थित आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेता गिरिको निधनले नेपालको समाजवादी र लोकतान्त्रिक आन्दोलनका लागि ठुलो क्षति भएको भन्दै उनको स्मरण भइरहेको छ । त्यस क्रममा विभिन्न दलका शीर्ष नेताहरूले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशील क्षमता सबैका लागि प्रेरणाको स्रोत रहेको भन्दै राजनीतिलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यमको रूपमा लिनुपर्छ भन्ने प्रतिनिधि सभा सदस्य समेत गिरिको मान्यताबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री भन्छन्– नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ
-
कश्मीरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, २ जना पक्राउ
-
प्रचण्ड–ओली छलफलमा मिसिए रवि लामिछाने
-
सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने
-
निजी क्षेत्रको होइन, सरकारको मनोबल उठाउने बेला आएको छ : शेखर गोल्छा
-
सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज