गायक जेम्स प्रधानको तीज गीत लन्डनमा लोकार्पण
सोमबार, ०६ भदौ २०७९, ०८ : ११
गायक जेम्स प्रधानको तीजको गीत लन्डनमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । पछिल्लो समय बजारमा आउने तीज गीतको तुलनामा प्रधानको ‘घरमा म एक्लै छु’ बोलको यो गीत बिलकुलै फरक छ । नेपालबाट बेलायत आएका नेपालका टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरूको सम्मानमा आयोजना गरिएको ‘नेपाली ब्ल्याक टाई डिनर’ मा सो गीतको लोकार्पण गरिएको हो ।
तीजलाई लक्षित गरी काठमाडौँमा तयार गरिएको म्युजिक भिडियोलाई बेलायतमा बसोबास गर्दै आएका गायक योगेश्वर अमात्य, सुवास गुरुङ, जेम्स प्रधानलगायत पत्रकारहरूको संयुक्त टोलीले गीतको लोकार्पण गरेको हो । आइतबार साँझ लन्डन हिथ्रो एअरपोर्ट नजिकको एक होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायतका प्रतिष्ठित व्यक्ति, संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण