कपिलवस्तुमा ठडियो धरहरा, दर्शकको घुइँचो
कपिलवस्तु - कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखीएको नमुना धरहरा हेर्न आउनेको घुइँचो लागेको छ ।
भुकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखएिको नमुना धरहरा हेर्नकै लागी दिन प्रतिदिन दर्शकको भीड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।
भुकुम्पले धराहरा ढलेपछि अब कहिले र कस्तो बन्ला भन्ने सबैमा कौतुहलता जागीरहेको बेला प्रर्दशनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाईएको सुन्दर नमुना धरहराले दर्शकको मन तानीरहेको छ ।
शुक्रबारसम्म ७० हजार भन्दा बढी दर्शकले प्रदशनीको अवलोकन गरेका छन् । दर्शकको पहिलो नजर नै धरहरामा जाने गरेको महोत्सवका संयोजक राजकुमार खाँणले बताए ।
महोत्सवको मुख्य आकर्षणका रुपमा धरहरा नै रहेको दर्शकहरुले बताएका छन् ।
वाणगंगा ९ पडरियाकी लक्ष्मी अर्यालले भनिन्, “धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाई ढल्यो त्यसैले यहाँ हेर्न आएकी हुँ ।” यहाँ आउने धेरैको भनाई उस्तै छ ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर २३ बाट सुरु भएको हो ।
महोत्सव पुष ५ गते सम्म जारी रहने छ । युवाहरुको संगठन बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट ५ करोड भन्दा बढीे आर्थिक कारोबार गर्ने लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण