गाउँमै मुटु तथा फोक्सोको परीक्षण
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा मोरङको पथरी शनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गरिएको छ । नोवेलबाट विशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाएका हुन् ।
डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १६५ जना बृद्धबृद्धाको मुटुको जाँच, इको गरिएको छ ।
जसमध्ये ५५ जना बृद्धबृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई बुधबार नोबेल अस्पताल ल्याइने नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुलाई नोवेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउने व्यवस्था मिलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण