यस्तो छ बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो ।
बिहान ११ बजे प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने तयारी पूरा भएको निर्माण आयोजना प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक पटकमा एक हजार जना मानिस अट्ने सभा हल छ । त्यसबाहेक मिटिङ रुमहरू रहेका छन् ।
यस्तै चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको छ । यहाँ सम्मेलन केन्द्रमा हेलीप्याडसमेत बनाइएको छ । संघ प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भए पनि अझै टुङ्गो लागेको छैन । केही दिन अगाडि सहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने तयारी गरे पनि प्रधानमन्त्री नै उद्घाटनमा आफै आउने रुचि देखाएपछि शनिबारको लागि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्री, सहरी विकास मन्त्री,पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहने छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण