पहिचान बिनाको प्रदेशको नाम मान्य हुन्न : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताएका हुन् । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै बन्द गर्न यो सरकार पछि नहट्ने उनको भनाइ छ ।
“प्रदेशको नामकरणको विषय संसद्मा प्रवेश गर्नासाथ ९९ दशमलव ९९ प्रतिशतले पास हुन्छ”, मुख्यमन्त्री राईले भने, “प्रदेशको नामाङ्कनको विषयमा अझै पनि पहिचानको कुरा मिल्न सकेको छैन, तसर्थ यो विषयले स्थान नपाएको हो ।”
राज्यको विभेदकारी नीतिका कारण आदिवासी जनजाति पछि परेको बताउँदै उनले अब सबै नागरिकलाई समानरुपमा अघि बढाउन प्रदेश सरकारले छुट्टै नीतिको व्यवस्था गर्दै महिला–पुरुष बराबरी, धनी–गरिब बराबरी र जातीय विभेदको अन्यका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण