एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ । बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो ।
सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरी परिवारलाई पुनःस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको बाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए ।
गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त सङ्ख्याका घरधुरी विस्थापित भएको जनाउँदै पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए ।
बाढी पहिराबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाएको छ । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भने,“ बाढी पहिरोबाट विस्थापितलाई पुन स्थापना गर्न संघीय तथा प्रादेश सरकारले ध्यान दिनुपर्छ । ”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण