प्रदेश ५ को राजधानी कपिलवस्तु बनाउन सांसदहरुको माग
कपिलवस्तु - प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित सांसद तथा विधायकहरुले माग गरेका छन् । शनिवार तौलिहवामा आयोजना गरिएको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै सांसदहरुले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु उपयुक्त हुने भन्दै राजधानी बनाउन माग गरेका हुन् ।
भगवान गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सबैभन्दा बढी पुरातात्विक स्थलहरु यस जिल्लामा रहेकोले प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु उत्तम हुनेमा सबैको जोड थियो ।
'भौगोलिक रुपमा पनि प्रदेशको सेन्टर कपिलवस्तु पर्ने र सांस्कृतिक, पुरातात्विक दुबै हिसाबले राजधानीका लागी उपयुक्त ठाँउ हो ।' -चक्रपाणि खनाल, सांसद, क्षेत्र १
'बौद्धकालीन संघीय राज्य कपिलवस्तु रहेको र गणतन्त्रको संघीय राजधानी पनि कपिलवस्तुमै हुनु आवश्यक छ ।' -बृजेश कुमार गुप्ता, नवनिर्वाचित सांसद
कार्यक्रममा बोल्दै प्रदेश विधायक विष्णु पन्थी, दीर्घनारायण पाण्डे, धर्मबहादुर लाल श्रीवास्तव, अर्जुन केसीलगायतले पनि प्रदेश राजधानी कपिलवस्तु बनाउनुपर्नेमा जोड दिएका थिए ।
पुर्वाधार अध्ययन टोली
पुर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको सरकारी टोलीले बुटवलमा प्रयाप्त पुर्वाधार भएकाले तत्काल प्रदेश राजधानीको रुपमा बुटवल नै उपयुक्त हुने निष्कर्श निकालेकै दिन कपिलवस्तुका सांसदहरुको यस्तो भनाई आएको हो ।
कानुन के भन्छ ?
संविधानको धारा २८८ को उपधारा २ मा संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण