सामुयल बने ‘द नेसनल डिजाइनर रनवे’ का विजेता
मोडल सङ्स नेपालले आयोजना गरेको प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२२’ को उपाधि सामुयल अकोन्थासले जितेका छन् । प्रतियोगितामा ‘उत्कृष्ट फेसन डिजाइनर’ बनेका उनले उपाधिसँगै ५० हजार रुपैंयाँ पुरस्कारको रुपमा प्राप्त गरे ।
त्यसैगरी लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठले संयुक्त रुपमा फस्ट रनर अपको उपाधि जित्दा ब्ल्याक फिन्सले सेकेन्ड रनर अपको उपाधि हात पारिन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा सविन ढुङ्गाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ थिए ।
विजेताहरूलाई अन्तिम प्रतिस्पर्धाका निर्णायक मण्डल सदस्यसहित अडिसन राउन्डका जज सरोज ओझा, इभेण्ट आयोजक कम्पनी मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुत, इभेण्ट म्यानेजर स्वस्ती दंगाल र इभेण्टको–अर्डिनेटर सोम बास्तोलाले चेक र खादासहित सम्मान गरेका थिए ।
‘द नेसनल डिजाइनर रनवे २०२२’ को विजेता छनोटअघि पूर्व विजेतासहितका अन्य फेसन डिजाइनरहरूबाट तयार पारिएका पहिरन ६० जना मोडलहरुले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा र्याम्पमा प्रदर्शन गरेका थिए ।
मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुतले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै तीन महिनापछि ‘द नेशनल डिजाइनर रनवे विन्टर सिजन’ गर्ने घोषणा गरे ।
कार्यक्रममा गायक विनोद ढकालले ‘ब्रुम ब्रुम’ र ‘उकालीमा पनि हजुर रेलै जाँदो रै’छ’ बोलको गीत गाएका थिए । ग्लोबल अनलाइन पे तथा जिओपी बजारको प्रायोजनमा आयोजित कार्यक्रमको फेसन स्टाइलिस पार्टनरमा मृगतृष्णा फेसन प्रोडक्सन, जिएसके भर्सटाइल, अर्किड फेसन स्टुडियो, सारा श्रेष्ठ, मायाली क्रियसन र वन्त योर विस थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण