शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोका कारण कपिलवस्तुमा एकको मृत्यु

आइतबार, ०२ पुस २०७४, ०९ : ५९
आइतबार, ०२ पुस २०७४

कपिलवस्तु - अत्याधिक चिसोका कारण चन्द्रौटामा एक जनाको मृत्यु भएको छ । 

करिब तीन चार महिनादेखि चन्द्रौटामा मागेर खाई सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन गुमाएका अन्दाजी ५६ वर्षका वृद्धको चिसोका कारण ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरीक्षक विश्व सुवेदीले रातोपाटीलाई जानकारी दिए ।

मृतकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहानै स्थानियले दारी पालेका वृद्ध पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्टमको लागि बहादुरगञ्ज पठाएको छ । कपिलवस्तुमा केहि दिनदेखि  अध्यधिक चिसो बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप