चिसोका कारण कपिलवस्तुमा एकको मृत्यु
आइतबार, ०२ पुस २०७४, ०९ : ५९
कपिलवस्तु - अत्याधिक चिसोका कारण चन्द्रौटामा एक जनाको मृत्यु भएको छ ।
करिब तीन चार महिनादेखि चन्द्रौटामा मागेर खाई सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन गुमाएका अन्दाजी ५६ वर्षका वृद्धको चिसोका कारण ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरीक्षक विश्व सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
मृतकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहानै स्थानियले दारी पालेका वृद्ध पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्टमको लागि बहादुरगञ्ज पठाएको छ । कपिलवस्तुमा केहि दिनदेखि अध्यधिक चिसो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण