नग्न फोटोसुट प्रकरण : प्रहरी कार्यालय पुगे रणवीर, तेर्स्याइयो १० प्रश्न
नग्न फोटोसुट मामिलामा अभिनेता रणवीर सिंह सोमबार बिहान मुम्बईको चेम्बुर प्रहरी स्टेसनमा पुगेर आफ्नो बयान दर्ता गरेका छन् । प्रहरी स्टेसनमा रणवीरसँग कयौँ घण्टा सोधपुछ समेत गरिएको थियो ।
आफ्नो कानुनी टोलीका साथ रणवीर प्रहरी स्टेसनमा पुगेका थिए । इन्स्पेक्टर जयकुमार सूर्यवंशीका अनुसार रणवीरसँग प्रहरीले १० वटा प्रश्न गरेको र त्यसको जवाफमा उनले आफू निर्दोष भएको कुरा दोहोर्याएका थिए । उनले केही दस्ताबेज पनि पेस गरेका छन् ।
मिडिया र भिडबाट बच्नका लागि रणवीरले दुई दिनअघि प्रहरीसँग बिहानको समय मिलाएका थिए ।
प्रहरीका रणवीरका १० प्रश्न–
यो फोटो खिच्न कुन कम्पनीसँग सम्झौता भएको थियो ?
के तपाईंले सम्झौता पूर्ण रूपमा पढ्नुभयो ?
यो फोटोसुट कहिले र कहाँ भयो ?
यो सुटिङको लागि कति पैसा पाउनुभयो ?
यस्ता तस्बिरले विवाद निम्त्याउन सक्छ भन्ने कहिल्यै महसुस गर्नुभएको छ ?
कुन उद्देश्यले खिचेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्नुभयो ?
विवाद चर्किएपछि सामाजिक सञ्जालबाट ती तस्बिर हटाउनुभयो ?
यस किसिमको विवादले जनताको भावनामा चोट पुर्याउन सक्छ, के तपाईंलाई थाहा थियो ?
विवाद चर्किएपछि छाप्नेसँग कुरा गर्नुभयो ?
यी सबै प्रश्नको जवाफ दिँदै रणवीर सिंहले भने ‘यस्तो फोटोसुटले मेरो लागि समस्या निम्त्याउँछ भन्ने मलाई थाहा थिएन। मेरो उद्देश्य कसैको भावनामा चोट पुर्याउने होइन। मैले यसलाई सामान्य फोटो सुटको रूपमा लिएको थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
-
‘बाहुबली ३’ आउने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण