गाडीलगायत १० वस्तुको आयात प्रतिबन्ध अझै लम्बिने
मङ्गलबार, १४ भदौ २०७९, १६ : १९
गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरुको आयात प्रतिवन्ध अझै लम्बिने भएको छ । सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरुको आयात प्रतिवन्ध लगाएको थियो । सोही प्रतिवन्ध थप कायम हुने भएको हो ।
यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरुको आयातमा एलसी प्रतिवन्ध लगाएकोमा थप प्रतिवन्ध लम्ब्याउँदै सरकारले भदौ १४ गते (आजसम्म) सारेको थियो । तत्कालका लागि प्रतिबन्धित आयात खुल्ला गर्ने स्थिति नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तर, कहिलेसम्म यस्तो प्रतिवन्ध जारी रहन्छ, सो भने मन्त्रालयले खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण