शाहरुखले अस्वीकार गरे ‘डन ३’ अफर
बलिउडका फिल्म एकपछि अर्काे नराम्रोसँग फिल्म फ्लप हुन थालेका छन् । ठूला बजेटदेखि राम्रा स्टारका फिल्म समेत अहिले पछारिएका छन् । उदाहरणको रुपमा हालै रिलिज भएको ‘लाल सिंह चड्डा’, ‘रक्षा बन्धन’ लाई हेर्न सकिन्छ ।
ठूला स्टारका फिल्मको यस्तो अवस्था साँच्चै अचम्मको छ । बलिउडमा देखिएको यो खतरालाई मध्यनजर गर्दै किंग खान अर्थात् शाहरुख खानले केही अगाडि तीन फिल्म घोषणा गरेका थिए । उनका तीन फिल्म पठान, जवान र डङ्की अहिले पाइपलाइनमा छन् । यस बाहेक उनलाई फिल्म ‘डन ३’ को समेत अफर गरिएको थियो । मिडिया रिपोर्टका अनुसार शाहरुखले यो फिल्मको अफर अहिले अस्वीकार गरेका छन् ।
फिल्मको स्क्रिप्ट चित्त नबुझेर शाहरुखले फिल्मको अफर अस्वीकार गरेका हुन् । फिल्मको स्क्रिप्त फरहान अख्तर आफैले लेखेका हुन् । शाहरुखको अस्वीकार पनि फेरि रिराइट थालिउको छ । मिडिया रिपोर्टका अनुसार जब शाहरुख स्क्रिप्टको बारेमा पूर्णतय विश्वस्त हुन्छन् । उनी यो भूमिका फेरि गर्न चाहन्छन् । अहिले बक्स अफिसको परिदृश्य राम्रो नरहेको कारणले पनि उनी कुनै पनि प्रोजेक्ट साइन गर्नुअघि धेरै पटक सोच्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण