झलनाथ खनालले एमाले निर्माणमा गरेको संघर्ष सम्झिदै सुनाए कविता
सुर्खेतमा नेकपा एकीकृत समाजवादीको चुनावी अभियानलाई तीव्रता दिन बुधबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित कार्यकर्ता भेलामा सो पार्टीका सम्मानित नेता झलनाथ खनालले झण्डै एक घण्टा नेता, कार्यकर्तालाई प्रशिक्षण दिए ।
सो क्रममा उनले एमाले विभाजनको अन्तर्य र आफूसहितका समकालीन नेताहरुले एमाले निर्माणमा गरेको योगदानको चर्चा गरे । खनालले आफू पार्टीको नेतृत्वमा रहँदा गरेका कार्य र संघर्षबारे पनि बताए । उनले भने, ‘जीवनभर एमाले निर्माणमा संघर्ष गरे पनि केपी ओलीका कारण पार्टी विभाजन हुन पुग्यो ।’
उनले ०६२÷६३ को जनआन्दोलनको समयमा आफूले लेखेको कवितासमेत सुनाएका थिए ।
तिमीलाई पाउन मैंले के कुरा गरेँ ?
तिमीलाई पाउन मैले निरन्तर प्रयास गरिरहेँ
तिम्रै निम्ति मैले हरेक दुःख कष्ट पनि गरिरहेँ
तिम्रै निम्ति म जेल गइन कि,
मैले नेल भोगिन कि
मैले यातना भोगिन कि
मैले के गरिनँ ?
मैले जुनसुकै कठिनाई भोगे पनि मैले तिमीलाई पछ्याईरहेँ
तिमीलाई पाउन निरन्तर प्रयत्न गरिरहेँ
आखिर तिमी आयौ
तिमी सबैलाई देखिने गरेर आयौ
सबैलाई चाहिने भएर आयौ
सबैलाई छोइने भएर आयौ
क्रान्ति तिमी आयौ
तिमीलाई स्वागत छ ...
उक्त कविता आफूले ०६२÷६३ को जनआन्दोलन सफल भएलगत्तै लेखेको उनले सुनाए ।
उनले निकै संघर्षका बीचमा पार्टी निर्माण गरेको र ओली नेतृत्वमा आएपछि पार्टीलाई दक्षिणपन्थमा लान खोजिएको आरोप लगाए । ओलीले पार्टी कमिटीको कार्यदिशा, एजेण्डामा नभई आफ्नो युगको सुरुवात गरेको खनालले बताए ।
‘यतिमात्र होइन, एमालेको समाजवादी क्रान्तिलाई बे–वास्ता गर्दै आफ्नो युग आएको सम्झेर सत्ताको लोभ लालचमा अग्रसर भए,’ ओलीलाई लक्षित गर्दै खनालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण