‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक
काठमाडौँ– लेखक ज्ञानमित्रद्वारा लिखित पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ आज यहाँ सार्वजनिक भएको छ । युवा नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले उक्त पुस्तक सार्वजनिक गरेका छन् ।
एनके सिंह मेमोरियल इपिएस स्कुलकी प्राचार्य प्रमिला सिंहले मधुमेहदेखि हृदय, पृथ्वीदेखि चट्याङ, आँखादेखि कोषिकासम्मका बारेमा जानकारी दिइएकाले उक्त पुस्तकबाट जोकोहीले विशेष ज्ञान प्राप्त गर्न सक्ने बताए । पुस्तक क्वान्टम बुक हाउसले प्रकाशन गरेको हो ।
सोही स्कुलकी छात्रा स्मृति सिलवालले पुस्तक विज्ञान र वैज्ञानिक विषयमा रुचि राख्ने सबैका लागि उपयोगी भएको बताउँदै पुस्तकमा पृथ्वी र मानव शरीरका विभिन्न विषयमा रोचक जानकारी दिइएको जनाए ।
लेखक ज्ञानमित्रले ‘पपुलर साइन्स’का बारेमा आफ्नो रुचि रहेको र त्यससँग सम्बन्धित केही विषयलाई आफूले विभिन्न स्रोतबाट संकलन गरी प्रस्तुत पुस्तक तयार गरेको जानकारी दिए ।
पत्रकारिता र साहित्यमा अच्युतम् भट्टराईका नामबाट लामो समय काम गरी पछिल्लो समय सन्यासी बनेका ज्ञानमित्र यस प्रकारको बैज्ञानिक प्रकाशनका क्षेत्रमा पनि आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण