पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरीको इटहरी–२ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी–२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२च ४६६२ नंको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को१६प ५७२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईं सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घाइते गुरागाईंको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण