भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण