सन्दीपमाथि आरोप : नाबालिगलाई नगरकोट घुमाए, एयरपोर्टको होटेलमा बलात्कार गरे
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दर्ता भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकले रातोपाटीलाई बताए ।
मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि सो सूचना काठमाडौँका एसएसपी भरत बोहराकहाँ पुगेको थियो । बोहराले उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकलाई त्यसबारे जानकारी गराए । ‘जाहेरी दर्ता भएर अनुसन्धान सुरु भएको छ’ एआईजी धानुकले रातोपााटीसँग भने ।
प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षीया हुन् । स्न्यापच्याट र हवाट्एप मार्फत कुराकानी भएपछि नाबालिगलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।
अनुसन्धान अधिकृतहरूका अनुसार एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप छ । सो होटेलमा प्रहरीले घटनास्थल मुचुल्का गर्ने तयारी गरेको छ । नगरकोटमा पीडितलाई घुमाएको होटल, रेष्टुरेष्टको सिसिटिभी फुटेज सङ्कलनका लागि अनुसन्धान टोली परिचालन गरिएको छ ।
प्रहरीले थापाथली अस्पतालमा पीडितका स्वास्थ्य परीक्षण गराएको छ । नाबालिगले आफ्नो साथीसँग सन्दीपले बलात्कार गरेको कुरा सेयर गरेपछि घटना बाहिरिएको थियो । सन्दीप अहिले विदेशमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
