विरोधका कारण रणवीर कपुर र आलियाले मन्दिर दर्शन गर्न पाएनन्
बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट मंगलबार उज्जैनको महाकाल मन्दिरको साँझको पूजामा सहभागी हुन सकेनन् । हिन्दुवादी संगठनको विरोधका कारण उनीहरुले आफ्नो योजना स्थगित गर्नुपरेको थियो । रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र यही शुक्रबार रिलिज हुँदैछ । रिलिज हुनुअघि दुवै आशीर्वाद लिन महाकाल पुगेका थिए तर बजरंग दलका कार्यकर्ताले रणवीर र आलियाको विरोध गरेका थिए ।
यस कुराको पुष्टि गर्दै महाकाल प्रहरी चौकीका अधिकारीले उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्ज गर्नुपरेको समाचार एजेन्सी पिटिआईलाई बताए । पीटीआईले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै पुलिसको कडाईका बाबजुद प्रदर्शनकारीहरूले रणवीर-आलियालाई मन्दिरमा प्रवेश गर्न नदिएको जानकारी दिएको छ ।
रणवीर कपुर र आलिया भट्ट दर्शनका लागि पुगेपछि बजरंग दलका कार्यकर्ताले ‘जय श्री राम’ नारा लगाउन थाले । बजरंग दलका नेता अंकित चौबेले सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘हामी उनलाई पवित्र महाकालेश्वर मन्दिरको दर्शन गर्न दिने छैनौं किनभने केही दिनअघि रणवीर कपूरले आफूलाई मटन, कुखुरा र गाईको मासु नन-वेज खान मनपर्छ भन्नुभएको थियो ।’
उज्जैन : फिल्म ब्रह्मास्त्र के लिए महाकाल का आशीर्वाद मांगने पहुंचे रणबीर और आलिया भट्ट का हिंदू संगठनों ने किया विरोध
— News24 (@news24tvchannel) September 6, 2022
◆पुलिस ने बजरंग दल कार्यकर्ताओं को खदेड़ा#Brahmastra @JournalistVipin pic.twitter.com/p2SF5FIAm2
उनले दाबी गर्दै भने, ‘यहाँसम्म कि आलियाले पनि उनको फिल्म ‘ब्रह्मास्त्र’ हेर्न मन लाग्नेलाई हेर्न र नलाग्नेलाई नहेर्न पनि भनेकी थिइन् ।’
यद्यपि मन्दिरका पुजारीले पीटीआईलाई फिल्म ब्रह्मास्त्रका निर्देशक अयान मुखर्जीले मन्दिर दर्शन गरेको बताए । प्रहरी अधिकारीले हिन्दू संगठनका कार्यकर्ताहरू विरुद्ध कडा कारबाही गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण