शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा

बुधबार, २२ भदौ २०७९, २२ : ०८
बुधबार, २२ भदौ २०७९

विभिन्न फिल्म अवार्ड विजेता इटालियन निर्देशक इमानुएल क्रिएलेसले आइतवार भेनिस फिल्म फेस्टिभलमा उनको आत्मकथापरक चलचित्र ‘एल’ इम्मेनसिता’ प्रस्तुत गर्ने क्रममा उनी छोरीको रुपमा जन्मिएको  खुलासा गरेका छन् ।
पेनेलोप क्रुज अभिनित ‘एल’ इम्मेनसिता’ ले सन् १९७० को दशकमा रोम निवासी इटालियन परिवारको कथा भन्छ । फिल्ममा उक्त परिवारकी जेठी छोरीले आफूलाई केटाको रुपमा चिनिन चाहने बताएपछि उनको आमासँगको पहिलेदेखिको तनावपूर्ण सम्बन्ध थप विकराल बन्छ ।

 ‘यो फिल्म मेरो बाल्यकाल र मेरो आफ्नै कथाबाट प्रेरित छ,’ क्रिएलीजले भने । उनको अघिल्लो फिल्म ‘टेराफर्मा’ले सन् २०११ मा भेनिसमा स्पेसल ज्युरी अवार्ड जितेको थियो ।  ‘म जैविक रूपमा छोरीको रूपमा जन्मिए । यसको मतलब अहिले ममा महिला चरित्रको ठूलो हिस्सा छैन भन्ने होइन,’ उनले पहिलो पटक सार्वजनिक रूपमा आफ्नो लैंगिक परिवर्तनबारे खुलासा गर्दै भने । 

‘एक निश्चित बिन्दुमा मैले बाँच्ने वा गर्नेमध्ये एउटा छनौट गर्नै पथ्र्यो । यो आफूले रोजेर हुने कुरा होइन, जन्म नै त्यसरी हुन्छ,’ उनले थपे । उनले सम्बोधनमा आफ्नो लैंगिक परिवर्तनबारे थप विवरण दिएनन्, तर अगाडि उनले आफ्ना प्रायः कोमल फिल्ममा आफ्नी आमामाथि भर परेको र तिनले आमालाई पारेको चिन्ताबारे अवगत भएको बताए ।

इटालियन भाषामा बनेको एल ‘इम्मेनसिता’ मा, क्रुजको पात्रको सुरुवाती उत्साहप्रद चरित्र उनको कठोर पति र समस्याग्रस्त समस्यामा परेर दबिदै जान्छ । यी सबैले एक दुखी घरमा हुर्किंदाको पीडा अभिव्यक्त गर्छ । गतवर्ष भेनिसमा ‘प्यारालेल मदर्स’ फिल्मको अभिनयको लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी क्रुजले फिल्ममा उनले निभाएको चरित्र उम्किन नसक्ने स्थितिमा फस्ने बताइन् । 

‘विश्वभरका धेरै महिलाहरू तिनकै घर परिवारमा फस्छन् । उनीहरु आफ्ना बच्चाको अगाडि केही नराम्रो भइरहेको छैन भन्ने भान दिन खोज्छन् । तर यस्ता धेरै कथा छन् । मैले आफैले पनि केही निक्कै नराम्रो घटना देखेको छु,’ क्रुजले फिल्म र त्यसको कथाबारे पत्रकारसँगको कुराकानीमा भनिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप