बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विलियम र केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि

शनिबार, २५ भदौ २०७९, ०७ : ५९
शनिबार, २५ भदौ २०७९

बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए । 

विलियमको जन्म सन् १९८२ को २१ जुनमा जन्मिएका विलियमको केट मिडल्टनसँग सन् २०११ मा विवाह भएको थियो । केट र मिडल्टनका दुई छोरा र एक छोरी छन् । 

सन् १९५८ मा वेल्सका राजकुमार बनेका चाल्र्स बिहीबार आफ्नी आमा महारानी एलिजाबेथको निधनपछि स्वतः राजा बनेका थिए । महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप