४० दिनका लागि कति रकम पाउँछन् म्यादी प्रहरीले ?
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको हो ।
म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ । जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ । खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।
तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ। निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ। अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनौट शाखाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
