बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमै कमायो १६० करोड भारु
रणवीर कपुर र आलिया भट्टको प्रमुख अभिनय रहेको हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा पहिलो दिनदेखि नै कमाइको हिसाबले कीर्तिमान बनाएको छ । शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिन विश्वभर ७५ करोड भारु कमाएको फिल्मका निर्माता करण जोहरले बताए ।
दोस्रो दिन अर्थात शनिबार फिल्मको व्यापार पहिलो दिनभन्दा बढी अर्थात ८५ करोड भारुको गरेको बताइएको छ । योसँगै फिल्मले दुई दिनमै १६० करोड कमाई गरेको छ भने फिल्म कोरोना महामारी शुरु भएपछि पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म पनि बनेको छ ।
४१० अर्ब भारुको बजेट
अयान मुखर्जीको निर्देशनमा बनेको ब्रह्मास्त्रको बजेट ४१० करोड भारु छ । यस फिल्मले प्रदर्शनको पहिलो दिन भारतभित्र ३६ करोड भारु र बिदेशमा ३९ करोड भारु कमाउन सफल भयो । दोस्रो दिन देशभित्र र बाहिर पहिलो दिनभन्दा बढि कमाई भएको फिल्म युनिटले बताएको छ । दोस्रो दिन फिल्मले भारतभित्र ४२ करोड भारु र विदेशमा ४३ करोड भारु कमाएको बताइएको छ । फिल्मको व्यापारमा निगरानी गर्ने विश्लेषकले यस फिल्मले पहिलो साताको अन्त्यसम्म २५० करोडको आँकडा छुनेछ ।
फिल्ममा रणवीर कपुर र आलिया भाटका अतिरिक्त तेलुगु फिल्मका स्टार नागार्जुन, अमिताभ बच्चन, मौनी रोयको महत्वपूर्ण भूमिका छ । फिल्ममा शाहरुख खानको महत्वपूर्ण क्यामियो भूमिका रहेको बताइएको छ । सेप्टेम्बर ९ बाट प्रदर्शनमा आएको ब्रम्हास्त्र पहिलो दिन भारतका ५,०१९ स्क्रिन र विदेशका ३,८९४ स्क्रिन गरेर कुल ८९१३ स्क्रिनमा प्रदर्शन गरिएको थियो ।
अग्रिम बुकिङमा ‘आरआरआर’लाई उछिन्यो
रिपोर्टका अनुसार बुधबार रातिसम्म ‘ब्रह्मास्त्र’ को पहिलो दिनको शोको लागि ११ करोडको टिकट अग्रिम बुकिङ भएको थियो । जोसँगै अयानको फिल्मले हिन्दी संस्करणको अग्रिम बुकिङमा आरआरआरलाई उछिनेको छ । आरआरआरको पहिलो दिनको शोको लागि ७ करोडको अग्रिम बुकिङ गरेको थियो । तथापि अग्रिम बुकिङको सन्दर्भमा ‘ब्रह्मास्त्र’ले ‘केजीएफ २’ लाई भने उछिनन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण