अभिनेत्री प्रियंकादेखि पूर्वमिस नेपालसम्म एउटै र्याम्पमा (तस्बिरहरु)
पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, नीकिता चण्डक, सुपर मोडेल आस्था पोखरेल, सविता कार्की, आयुश्मा रानी सिंह, सुदीपा पाठक, रुवीना थापा, मिस नेपाल इशानी श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की लगायत ४२ सेलिब्रेटी एउटै र्याम्पमा देखिएका छन् । नेपाली बजारमा आफ्नो अलग पहिचान बनाउन सफल पहिरन ब्राण्ड ‘अजिजा’ को रन्वेमा यी सबै सेलिब्रेटी एकसाथ देखिएका हुन् ।
होटेल याक एन्ड यतिमा आयोजना भएको ‘अजिजा द रन्वे सो’ नामक फेसन शोमा डिजाइनर श्वेता प्रधानले तयार पारेको विभिन्न आकर्षक पहिरनका डिजाइन १६ सिक्वेन्स प्रस्तुत भयो । विभिन्न रंगलाई थिम बनाई सिक्वेन्स डिजाइन भएको कार्यक्रममा सेलिब्रेटी सिक्वेन्स, सेलीब्रेटी विथ मोडल सिक्वेन्स, मोडल सिक्वेन्स लगायत थिम थियो । शोका २ वटा सिक्वेन्समा पुरुष मोडलले सेरबानीका कलेक्सन प्रस्तुत गरेका थिए ।
भव्य सेट डिजाइन, झुमरहरुको उच्चतम प्रयोग, साउन्ड तथा लाइटको राम्रो सम्मिश्रण गरिएको आफुले सोचे भन्दा राम्रो भएको डिजाइनल कल्पनाले बताइन् ।
काठमाडौँकी श्वेता १५ वर्षदेखि फेसन इन्डस्ट्रिमा छिन् । फेसनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी ‘अजिजा’ नामक ब्रान्डी सञ्चालन हुन् । करिब साढे दुई घन्टा चलेको, माल्भिका सुब्बाको संचालन रहेको शोको फेशन कोरियोग्राफर प्रशान्त ताम्रकार, गायिका इन्दिरा जोशी, फोटोग्राफर राजभाइ सुवाल, गौतम धिमाल, विकास खतिवडा, अभिनेता आयुष्मान देशराज जोशी लगायतको समेत उपस्थिति रहेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण