ब्रम्हास्त्रले तीन दिनमै कमायो २ सय २५ करोड
रणवीर कपुर र आलिया भट्ट स्टारर ब्रम्हास्त्रले बक्स अफिसमा पहिलो दिनबाटै राम्रो कमाई गरिरहेको छ । रिलिज भएको तेस्रो दिनमा चलचित्रले ४५ करोड भारतीय रुपैयाँको कमाई गरेको हो ।
योसँगै चलचित्रले पहिलो सप्ताहको अन्त्यमा भारतभित्र कूल १ सय २५ करोड भारु कमाउन सफल भएको छ । योसँगै ब्रम्हास्त्र पछिल्लो ६ वर्षमा सप्ताहको अन्त्यमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ । यसअघि रणवीरकै सञ्जुले १२० करोड भारु कमाएको थियो । त्यसपछि सलमानको टाइगर जिन्दा हे र सुल्तानले क्रमशः ११४.९३ भारु र १०५.५५ करोड भारु कमाएको थियो ।
चलचित्रले विश्वभरको बक्स अफिसमा २ सय २५ करोड भारु कमाएको छ । आयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रको कूल बजेट ४ सय १० करोड भारु रहेको छ । चलचित्रले पहिलो दिनमा ३६ करोड कमाएको थियो भने दोस्रो दिनमा ४२ करोड कमाएको थियो । विश्लेषकहरूले आगामी २ दिनमा चलचित्रले ३ सय करोड आँकडा पार गर्ने अपेक्षा गरेका छन् । चलचित्रमा रणवीर र आलियासँगै नागार्जुन, अमिताभ बच्चन, शाखरुख खान र मोनी रोयको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण