विवाह बन्धनमा बाँधिँदै अली र ऋचा
बलिउड कलाकारद्वय अली फजल र ऋचा चड्ढा विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार ७ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका दुई जनाले आगामी अक्टुबरमा विवाद गर्न लागेका हुन् ।
उनीहरूको विवाहअघिको उत्सव भने यही महिनादेखि सुरु हुने भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । यसअघि दुई जनाले सन् २०२० मा नै विवाह गर्ने योजना बनाएका थिए । तर, कोभिडका कारण उनीहरूको योजना तुहिएको थियो ।
ईटाम्सको रिपोर्टअनुसार आगामी ६ अक्टुबरमा दुई जनाको विवाह हुँदैछ । ७ अक्टुबरमा मुम्बईमा रिसेप्सन राखिएको छ । विवाह अघिको उत्सव भने दिल्लीमा ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ ।
ऋचा र अलीको पहिलो भेट सन् २०१२ मा फुकरेको सेटमा भएको थियो । रिपोर्टका अनुसार ऋचाले नै अलीलाई प्रपोज गरेकी थिइन् । ऋचाको प्रेम प्रस्तावको जवाफ दिन अलीलाई तीन महिना लागेको थियो । दुई जनाले आफ्नो सम्बन्ध लगभग ५ वर्षसम्म गोप्य राखेका थिए । दुई जनाले भिक्टोरिया और अब्दुलको प्रिमियरमा आफ्नो प्रेमको खुलासा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण