चिनियाँ नेता ली र ओलीको भेटवार्तामा के भयो कुराकानी ?
नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
त्यसक्रममा मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । चिनियाँ टोली र प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग समेत भेटवार्ता हुदैछ ।
चार दिने भ्रमणमा सोमबार नेपाल आएको ली नेतृत्वको टोली र नेपाली नेताहरुबीचको भेटवार्तामा नेपाल चीनबीच भएका विगतका सहमति सम्झौता कार्यान्वयनका पक्षबारे कुराकानी भएको भेटवार्तामा सहभागी नेताहरुले बताएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्तामा खासगरी तीन वटा विषयमा कुराकानी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
‘भेटमा हाम्रो अध्यक्षले नेपाल र चीनबीच भएका उच्चस्तरीय भ्रमण र त्यसक्रममा भएका महत्त्वपूर्ण सहमति सम्झौताहरू कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौ र चीनबाट पनि त्यस्तै अपेक्षा गर्दछौ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसमा दायाँबायाँ नगर्ने विश्वास दिलाउनुभयो’, रिजालले भने,‘अध्यक्षले चिनियाँ कांग्रेसको अक्टोबरमा सम्मेलनको सफलताको शुभकामना समेत दिनुभयो ।’
त्यसक्रममा चिनियाँ नेता लीले नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिको स्वागत गर्दै चीन नेपालबीच दुई पक्षीय सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए । त्यसक्रममा लीले चिनियाँ राष्ट्रपति सीले ओलीलाई व्यक्तिगत रुपमा पठाएको सम्झना स्मरण गराएका थिए । भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण