राप्रपा खोटाङले गर्यो उम्मेदवार सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई, सर्जु श्रेष्ठ, रविन राई र जगदीश राजभण्डारीको नाम सिफारिस गरेको छ
प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । यस्तै, प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतीचन्द्र राई सिफारिस भएका छन् ।
समानुपातिकमा ललितकुमार राई, विजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेवी श्रेष्ठको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ ।
प्रदेश सभा (ख) बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेवी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले जानकारी दिए ।
मंगलबार जिल्ला समन्वय समितिको हलमा भएको भेला एवं छलफलबाट राप्रपाले उम्मेदवारको नामावली टुङ्ग्याएको हो । हलको मागका आधारमा अर्जुन राईको नाम भने संघ र प्रदेशमै पठाइएको राप्रपाले जनाएको छ । अर्जुन संविधानसभा सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण