‘ब्रह्मास्त्र’ ले प्रदर्शनको सात दिनमै कमायो ३०० करोड भारु
रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले प्रदर्शनमा आएको एक सातामा ३०० करोड भारु कमाई गरेको छ । यसमा भारतमा मात्र १६९ करोड भारु कमाई भएको हो । यो फिल्म ‘३०० करोड क्लब’ मा प्रवेश गर्ने आलियाको पहिलो र रणवीरको तेस्रो फिल्म हो ।
कमाइमा आइरहेको गिरावट
‘ब्रह्मास्त्र’ले रिलिजको सातौं दिन भारतका सबै भाषामा १० करोड भारु कमाउँदा हिन्दी संस्करणबाट ९ करोड भारु कमाई भयो । विश्वभरको बक्स अफिसमा भने फिल्मले १५ करोड भारु व्यापार गरेको छ । योसँगै फिल्मको कलेक्सनमा आइरहेको १५–२० प्रतिशतको गिरावट जारी रहेको बताइएको छ ।
‘१०० करोड क्लब’ मा प्रवेश गर्ने १०० औं फिल्म
‘ब्रह्मास्त्र’ १०० करोड क्लबमा पुग्ने १०० औं हिन्दी फिल्म बनेको छ । आजबाट करिब १५ वर्षपछि आमिर खानको फिल्म ‘गजनी’ पहिलोपटक १०० करोड भारु कमाएर यो क्लबमा प्रवेश गरेको थियो । त्यसपछि सन् २०१० मा सलमान खानको ‘दबंग’ र अजय देवगनको ‘गोलमाल ३’ पनि १०० करोड क्लबमा सामेल भए ।
‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा भारतमा ५,०१९ स्क्रिनमा र विदेशमा ३,८९४ स्क्रिनमा रिलिज भएको थियो । यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । फिल्ममा रणवीर र आलियाका अलावा अमिताभ बच्चन, मौनी रोय, डिम्पल कपाडिया र नागार्जुन अक्किनेनी पनि मुख्य भूमिकामा छन् ।
फिल्म कथामा केही कमजोर भए पनि ग्राफिक्सका हिसाबले निक्कै उच्च स्तरको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण