बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव हारेका उपाध्याय गाँउगाँउ पस्दै: विजयी उम्मेदवारलाई यस्तो व्यंग

बुधबार, ०५ पुस २०७४, ०७ : ५२
बुधबार, ०५ पुस २०७४

कपिलवस्तु - प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका नेता तथा पूर्वराजदूत दीप कुमार उपाध्याय मतदातालाई धन्यवाद दिन गाँउ दौडाहामा व्यस्त छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उपाध्याय बामगठबन्धनका साझा उमेदवार चन्द्रपाणि खनालसँग नौ सय ४६ भोटले पराजित भएका थिए ।

पराजय भएसँगै नेताहरु मतदातासामु फर्किएर नआउने परिपाटिको अन्त्य गर्दै उनी निर्वाचित उम्मेदवार भन्दा पहिले नै मतदातालाई धन्यवाद दिन गाँउ गाँउ पुगेका छन् । 

उनले सोमबारबाट आफ्नो क्षेत्रका विभिन्न वडाहरुमा गएर मतदातालाई धन्यवाद दिँदै नागरिकका गुनासो सुन्ने गरेका छन् ।

मंगलवार मंगलबार बाणगङगा नगरपालिका वडा नम्बर ९ बक्सिरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले भने,

-यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमि हुन नदिई संगठित भएर विकासमा लाग्ने प्रतिबद्धता गर्दछु ।

-यहाँको बाटो कालोपत्रे, खानेपानी लगाएतका समस्याका बारेमा मलाई थाहा छ । समस्या समाधानको निम्ति पहल गर्नेछु ।

-(जितेका उम्मेदवारलाई कटाक्ष गर्दै) आफ्नो घरमा कहाँ स्वीच छ ठ्याक्कै थिचेपछि बत्ती बल्छ भन्ने थाहा हुन्छ । नयाँलाई स्वीच खोज्दै ठिक्क हुन्छ, तर मैले स्वीच खोज्न पर्दैन ।

कार्यक्रममा प्रदेशसभा उम्मेदार पुुरन थारु, नेपाली काँग्रेस वाणगंगा नगरका कार्यवाहक सभापति विष्णु थापा, सचिव रामजि सेन, महाधिबेसन प्रतिनिधि टेक बहादुर शाही, तरुणदल जिल्ला सभापति सक्ती ठकुरी लगाएतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप