चुनाव हारेका उपाध्याय गाँउगाँउ पस्दै: विजयी उम्मेदवारलाई यस्तो व्यंग
कपिलवस्तु - प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका नेता तथा पूर्वराजदूत दीप कुमार उपाध्याय मतदातालाई धन्यवाद दिन गाँउ दौडाहामा व्यस्त छन् ।
कपिलवस्तु क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उपाध्याय बामगठबन्धनका साझा उमेदवार चन्द्रपाणि खनालसँग नौ सय ४६ भोटले पराजित भएका थिए ।
पराजय भएसँगै नेताहरु मतदातासामु फर्किएर नआउने परिपाटिको अन्त्य गर्दै उनी निर्वाचित उम्मेदवार भन्दा पहिले नै मतदातालाई धन्यवाद दिन गाँउ गाँउ पुगेका छन् ।
उनले सोमबारबाट आफ्नो क्षेत्रका विभिन्न वडाहरुमा गएर मतदातालाई धन्यवाद दिँदै नागरिकका गुनासो सुन्ने गरेका छन् ।
मंगलवार मंगलबार बाणगङगा नगरपालिका वडा नम्बर ९ बक्सिरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले भने,
-यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमि हुन नदिई संगठित भएर विकासमा लाग्ने प्रतिबद्धता गर्दछु ।
-यहाँको बाटो कालोपत्रे, खानेपानी लगाएतका समस्याका बारेमा मलाई थाहा छ । समस्या समाधानको निम्ति पहल गर्नेछु ।
-(जितेका उम्मेदवारलाई कटाक्ष गर्दै) आफ्नो घरमा कहाँ स्वीच छ ठ्याक्कै थिचेपछि बत्ती बल्छ भन्ने थाहा हुन्छ । नयाँलाई स्वीच खोज्दै ठिक्क हुन्छ, तर मैले स्वीच खोज्न पर्दैन ।
कार्यक्रममा प्रदेशसभा उम्मेदार पुुरन थारु, नेपाली काँग्रेस वाणगंगा नगरका कार्यवाहक सभापति विष्णु थापा, सचिव रामजि सेन, महाधिबेसन प्रतिनिधि टेक बहादुर शाही, तरुणदल जिल्ला सभापति सक्ती ठकुरी लगाएतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण